ad ad

ग्लोबल


तेल चुहावटपछि कुवेतको पश्चिमी क्षेत्रमा आपतकालीन अवस्था घोषणा

तेल चुहावटपछि कुवेतको पश्चिमी क्षेत्रमा आपतकालीन अवस्था घोषणा

नेपालखबर
चैत ७, २०७९ मंगलबार १३:५८, काठमाडौँ

कुवेतको एउटा सरकारी कम्पनीबाट तेल चुहावट भएपछि त्यहाँस्थित एउटा राज्यमा संकटकाल घोषणा गरिएको छ।

सोमबार बिहान तेल चुहावट भएर डरलाग्दो अवस्था आएपछि देशको पश्चिमी क्षेत्रमा संकटकालीन अवस्था घोषणा गरिएको हो।  

कुवेत सरकारको स्वामित्व रहेको कुवेत पेट्रोलियम कर्पको सहायक कन्पनी कुवेत आयल कम्पनी (केओसी) ले सोमवार बिहान तेल चुहाव भएपछि ‘आपातकालीन स्थिति’ घोषणा गरिएको हो। 

केओसीका प्रवक्ता तथा प्रशासनिक मामिलाका उपसीईओ कुसाई अल-अमेरले एक वक्तव्य जारी गरेर कम्पनीले देशको पश्चिममा तेल चुहावट भएपछि आपातकालीन स्थिति घोषणा गरेको बताएका छन्। 

अल-आमेरले तेल चुहावटका कारण कोही पनि घाइते नभएको बताएका छन्। तेल उत्पादन पनि अहिले जारी छ।

दुर्घटना स्थलमा कुनै किसिमको हानिकारक ग्यास चुहिएको छैन। उनले केओसीको आपातकालीन टिम घटनास्थलमा दुर्घटनाबाट जोगिने उपाय अपनाइरहेको बताएका छन्। 

कुवेत विश्वको एक प्रमुख तेल उत्पादक देश हो। जसको लगभग ९० प्रतिशत सरकारी राजश्व तेल निर्यातबाट प्राप्त हुन्छ। 

कुवेत पेट्रोलियम निर्यातक देशको संगठन (ओपेक) को संस्थापक सदस्य पनि हो। यहाँ प्रतिदिन लगभग २७ लाख ब्यारल तेल उत्पादन हुन्छ। 
 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .