ad ad

ग्लोबल


बोराभरि सिक्का बोकेर स्कुटर किन्न गएपछि...

बोराभरि सिक्का बोकेर स्कुटर किन्न गएपछि...

नेपालखबर
चैत ८, २०७९ बुधबार १३:५६, काठमाडौँ

यतिबेला सामाजिक सञ्जालमा आसामको दारंग जिल्लाका एक व्यक्ति मोहम्मद सैदुल हकको भिडियो भाइरल छ।

भिडियोमा ती व्यक्ति एक बोरा सिक्का बोकेर स्कुटर किन्न शोरुम गइरहेको देख्न सकिन्छ। निर्धक्क पुगेर उनी त्यो पैसा दिँदै स्कुटर खरिद गर्न खोजिरहेको देखिन्छ। भिडियोमा बोराभरि सिक्का बोकेर स्कुटर खरिद गर्न आएपछि सुरुमा त कर्मचारी पनि छक्क परेको देख्न सकिन्छ।

मोहम्मद १, २, ५ र १० रुपैयाँका हजारौँ सिक्का बोकेर शोरुम पुगेका थिए।  बोरागाउँ क्षेत्रमा बस्ने उनले त्यो एक बोरा सिक्काले एउटा स्कुटी खरिद गरेको बताइएको छ।

सानो पसल सञ्चालन गर्दै आएका मोहम्मद छ वर्षदेखि स्कुटर किन्नका लागि सिक्का जम्मा गरिरहेका थिए।

उनले भनेका छन्, 'म बडगाउँ क्षेत्रमा एउटा सानो पसल चलाउछु। स्कुटर किन्ने सपना थियो। ५–६ वर्षदेखि सिक्का संकलन गर्दै आएको थिएँ, मेरो सपना साकार भएको छ। सफलता पाएको छु । म साँच्चै धेरै खुसी छु।'

उनको यो प्रयासलाई शोरुमका सञ्चालक मनिष मोद्दारले यसैगरी सिक्का जम्मा गरी एकदिन कार किन्ने पैसा पुर्‍याउन हौसला दिएको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .