ad ad

कोशी


प्रदेश १ को कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा विजयी

प्रदेश १ को कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा विजयी

नेपालखबर
पुस १५, २०७९ शुक्रबार १०:१८, काठमाडौँ

नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा उद्धव थापा विजयी भएका छन्।

उनी प्रतिस्पर्धी केदार कार्की र अमृत अर्याललाई पछि पार्दै दलको नेतामा विजयी भएका हुन्। 

कांग्रेस प्रदेश १ कार्यसमिति सभापतिसमेत रहेका थापाले १८ मत पाएका छन्। उनी कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट मानिन्छन्। 

कांग्रेस इतर समूहको नेतृत्व गर्दै आएका केन्द्रीय सदस्य डा. शेखर कोइराला कार्कीले ९ र संस्थापन निकट अमृत अर्यालले २ मत ल्याएका छन्। 

यद्यपि केन्द्रीय सदस्यसमेत रहेका अर्याललाई संस्थापन पक्षको समर्थन नरहेको स्रोतले जनाएको छ। प्रदेश १ मा संस्थापन पक्षीय १२ जना प्रदेशसभा सदस्य छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .