ad ad

समाज


बाढीपहिरो : गृह मन्त्रालयले बनायो ८ जिल्लामा सहसचिव नेतृत्वको कार्यदल

बाढीपहिरो : गृह मन्त्रालयले बनायो ८ जिल्लामा सहसचिव नेतृत्वको कार्यदल

नेपालखबर
असोज १४, २०८१ सोमबार १८:३१, काठमाडौँ

गृह मन्त्रालयले असोज १० देखि १२ को अति भारी वर्षका कारण प्रभावित ८ जिल्लामा यथोचित राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न कार्यदल गठन गरेको छ।

८ जना सहसचिवको संयोजकत्वमा बाढी–पहिरो प्रभावित काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ गरी ८ जिल्लाका लागि कार्यदल गठन भएको हो। 

काठमाडौँमा गोविन्द प्रसाद रिजाल, ललितपुरमा प्रकाश पौडेल, भक्तपुरमा नारायण प्रसाद अर्याल, काभ्रेमा बासुदेव घिमिरे, सिन्धुलीमा लालबाबु कवारी, मकवानपुरमा रामबन्धु सुवेदी, सिन्धुपाल्चोकमा श्याम कृष्ण थापा र धादिङमा रमेश ढकाललाई कार्यदलको संयोजक बनाइएको छ।

कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय, उर्जा, जलस्रोत तथा सिचाईँ मन्त्रालयका डिभिजन इन्जिनियर र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव प्रतिनिधि रहने छन्।

कार्यदललाई आगामी पुस २० गतेसम्मको समयसीमा दिएर कार्यक्षेत्र तोकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .