ad ad

समाज


जलनको उपचार निःशुल्क गर्ने स्वास्थ्य मन्त्रालयको तयारी

जलनको उपचार निःशुल्क गर्ने स्वास्थ्य मन्त्रालयको तयारी

स्वास्थ्य मन्त्री प्रदीप पौडेल। फाइल तस्बिर


नेपालखबर
असोज १४, २०८१ सोमबार १९:९, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जलनको उपचार निःशुल्क बनाउने तयारी गरेको छ।

मन्त्रालयले पठाएको यससम्बन्धी प्रस्तावमा अर्थ मन्त्रालयले स्वीकृति दिएको छ। मन्त्रालयले विद्यमान स्रोतबाटै व्यवस्थापन गर्ने गरी जलनको उपचार निःशुल्क बनाउनुका साथै सातै प्रदेशबाट उपचार थाल्ने गरी गृहकार्य गरिरहेको छ।  

हाल कीर्तिपुर अस्पतालबाट उपचार भइरहेकामा गत भदौमा वीर अस्पतालमा जलन वार्ड स्थापना गरिएको थियो। मन्त्रालयले सातैवटा प्रदेशमा यस्तो उपचार दिने बताएको छ। 

मन्त्रालयका अनुसार अब कोसी प्रदेशमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान तथा मधेस प्रदेशमा वीरगन्जस्थित नारायणी अस्पतालमा जलनको उपचार थालिनेछ। गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र लुम्बिनीको नेपालगन्जस्थित भेरी अस्पतालमा जलनको निःशुल्क उपचार गरिनेछ।

यसैगरी, कर्णालीको सुर्खेतस्थित प्रादेशिक अस्पताल र सुदूरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा जलनको निःशुल्क उपचार दिने तयारी अघि बढाएको मन्त्रालयले जनाएको छ।

‘सबैतिर उपचारको व्यवस्था नहुँदा धेरैले भोग्नुपरेको पीडा कसरी कम गर्न सकिन्छ भनेर मन्त्रीज्यूको निर्देशनअनुसार मन्त्रालयले तयारी थालेको छ,’ मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, ‘मन्त्रालयको आफ्नै स्रोतबाटै सातै प्रदेशमा निःशुल्क उपचार सुविधा दिइनेछ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहणलगत्तै जलनसम्बन्धी उपचार निःशुल्क र सहज बनाउने प्रतिबद्धता सार्वजनिक गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .