एसिया कपअन्तर्गत सोमबार नेपाललाई जिते पनि भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा खुसी हुन सकेका छैनन्।
श्रीलंकाको कान्डीस्थित पालकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सोमबार डकवर्थ लुइस (डीएलएस मेथड) मा भारतले नेपाललाई १० विकेटको फराकिलो अन्तरले हरायो।
तर पनि भारतीय टोलीका खेलाडीको प्रदर्शनबाट कप्तान रोहित शर्मा सन्तुष्ट हुन नसकेको बीबीसी हिन्दीले उल्लेख गरेको छ।
रोहित शर्मा एसिया कपमा भारतीय क्रिकेट टोलीले अहिलेसम्म उत्कृष्ट प्रदर्शन गर्न नसकेको र सुपर–४ चरणका लागि टोलीले सुधार गर्नुपर्ने कुरामा सहमत छन्।
खेलपछि उनले भने, ‘हामीले उत्कृष्ट खेल्न सकेनौँ...।’
रोहितले टोलीका कमजोरी हिसाब गर्दै अगाडि भने, ‘पहिलो खेलमा दबाबमा हुँदा हार्दिक पाण्ड्या र इशान (किशन) ले हामीलाई राम्रो स्थितिमा पुर्याए। आज (सोमबार) हाम्रो बलिङ राम्रो थियो तर फिल्डिङ अपेक्षाभन्दा कम थियो।’
Shares
प्रतिक्रिया