ad ad

खेल


विमानस्थलमा आसिफले भने– कोहलीले मलाई पनि मेडल दिनुस् भन्दै ठट्टा गरे

विमानस्थलमा आसिफले भने– कोहलीले मलाई पनि मेडल दिनुस् भन्दै ठट्टा गरे

नेपालखबर
भदौ २०, २०८० बुधबार १९:९, काठमाडौँ

नेपाली क्रिकेट टिमका ब्याट्सम्यान आसिफ शेखले ड्रेसिङ रुममा भारतीय खेलाडीले मेडल लगाइदिँदा गर्व महसुस भएको बताएका छन्।

एसिया कप खेलेर बुधबार दिउँसो स्वदेश फर्किएका आसिफले विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भारतीय क्रिकेटर विराट कोहलीले गरेको ठट्टा पनि सुनाए। 

‘आफूले क्याच छोडिदिएकोमा एउटा मेडल आफूलाई पनि दिनुपर्छ’ भन्ने ठट्टा गरेको उनले बताए। 

‘राम्रो टिमसँग राम्रो स्कोर गर्दा आत्मविश्वास बढेको छ। विराट कोहोलीले हामीलाई मेडल लगाइदिँदा धेरै नै प्राउड फिल भयो,’ उनले भने, ‘अन्तिममा उहाँले एउटा मेडल मलाई पनि दिनु मैले क्याच छोडेँ नि त भन्नुभयो।’

शेखले राम्रो टिमसँग खेलेर राम्रो स्कोर बनाउँदा आत्मविश्वास बढेको पनि बताए।

भारत र पाकिस्तानसँग खेलेलर फर्किएको टोलीलाई सशस्त्र प्रहरीको ब्याण्डले विमानस्थलमा बाजागाजासहित स्वागत गरेको थियो। क्रिकेट टोलीलाई स्वागत गर्न विमानस्थलमा समर्थकहरूको भीड लागेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .