दुई मैत्रीपूर्ण खेलका लागि म्यानमारमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज शुक्रबार पहिलो खेल खेल्दै छ।
म्यानमारको याङगुनस्थित हथुउन्ना रगंशालामा हुने खेल नेपाली समयानुसार अपराह्न सवा ४ बजे सुरु हुनेछ।
फिफा क्यालेन्डरअन्तर्गत दुई खेलका लागि नेपाली टोली सोमबार नै म्यानमार पुगेको थियो।
नेपालले अर्को महिना फिफा विश्वकप छनोटको पहिलो चरणमा लाओससँग खेल्नेछ। यो खेललाई त्यसकै तयारीका रुपमा लिइएको छ।
मैत्रीपूर्ण खेलका लागि टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले सात नयाँ खेलाडीलाई राख्दै २३ सदस्यीय टोली घोषणा गरिसकेका छन्।
प्रशिक्षक एनेसेले म्यानमारसँगको खेलका लागि डिफेन्डर छिरिङ लामा, आशिष गुरुङ र अन्जन राई, मिडफिल्डर उत्सव राई, फरवार्ड दिनेश हेन्जन, जिलेस्पीजंग कार्की र हिसुब थपलियालाई पहिलोपटक टोलीमा समावेश गरेका हुन्।
यसअघि नै टोलीमा स्थान बनाइसकेका अभिषेक बराल र कृतिशरत्न छुन्जुले पनि डेब्यु गर्न पाएका छैनन्।
नेपाली टोली
गोलरक्षक – किरणकुमार लिम्बू, अभिषेक बराल र दीप कार्की
डिफेन्डर – सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, आशिष गुरुङ, छिरिङ लामा र अञ्जन राई
मिडफिल्डर – एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, कृतिशरत्न छुन्जु, उत्सव राई
फरवार्ड – आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, जिलेस्पीजङ्ग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया
Shares
प्रतिक्रिया