एसिया कप क्रिकेटमा बंगलादेशलाई श्रीलंकाले जितका लागि २५८ रनको चुनौती दिएको छ।
कोलम्बोको रणसिंघे प्रेमदास स्टेडियममा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको श्रीलंकाले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा २५७ रन बनाएको हो।
श्रीलंकाका लागि सदीरा समरविक्रमाले विस्फोटक पारी खेले। उनले ७२ बलमा ८ चौका र २ छक्काको मद्दतमा ९३ रन बनाउँदा श्रीलंकाले प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको हो।
कुसल मेन्डिसले पनि ७३ बलमा अर्धसतक पूरा गरे।
कप्तान दासुन शानकाले २४ र ओपनर पथुम निसानकाले ४० रनको योगदान गरे। बंगलादेशका लागि तस्किन अहमद र महमुदले समान ३ विकेट लिँदा शरीफुल इस्लामले २ विकेट लिए।
बंगलादेशले समूह चरणको बदला लिने लक्ष्यसहित केहीबेरमा ब्याटिङ गर्दैछ।
यसअघि समूह चरणको खेलमा श्रीलंकाले बंगलादेशलाई ५ विकेटले पराजित गरेको थियो। सुपर ४ कै खेलमा आइतबार भारत र पाकिस्तान भिड्ने भएका छन्।
समूह चरणमा यी दुई टोलीको खेल वर्षाका कारण प्रभावित भएको थियो।
Shares
प्रतिक्रिया