१९ वर्षया अमेरिकी किशोरी कोको गफले पहिलो पटक युएस ओपनको उपाधि उचालेकी छिन्।
आइतबार बिहान भएको फाइनलमा कोकोले आरिना साबालेन्कालाई पराजित गर्दै पहिलो ग्राण्डस्लाम उपाधि जितेकी हुन्।
छैटौँ वरियताकी १९ वर्षीया कोकोले घरेलु दर्शकसामु सुस्त सुरुवात गरे पनि दोस्रो वरियताकी सबालेन्कालाई २–६, ६–३ र ६–२ ले पराजित गर्दै पहिलो उपाधि जितेकी हुन्।
पहिलो ग्राण्डस्लाम जितेपछि कोकोले भनिन्, 'म यो खुसीको क्षणको व्याख्या गर्ने कुनै शब्द नै छैन। मलाई लाग्छ भगवानले तपाइलाई संकट र परीक्षणहरुबाट पार गर्नुहुन्छ। यसले सफलतालाई अझ मिठो बनाउँछ।'
गत जुलाईमा विम्बल्डनको पहिलो राउण्डबाट बाहिरिएपछि उनले आफ्नो फर्म परिवर्तन गर्दै अघि बढेकी थिइन्।
सन् १९९९ मा सेरेना विलियम्सपछि यूएस ओपन जित्ने पहिलो अमेरिकी किशोरी बनेकी छिन्।
हारसँगै अष्ट्रेलियन ओपन च्याम्पियन सबालेन्काले भने दोस्रो ठूलो उपाधिका लागि कुर्नुपर्ने भएको छ।
Shares
प्रतिक्रिया