नोभाक जोकोभिचले कीर्तिमानी २४ औं ग्रान्डस्लाम उपाधि जितेका छन्।
गएराति सम्पन्न युएस ओपनको फाइनलमा ड्यानिल मेदभेवलाई पराजित गर्दै जोकोभिचले कीर्तिमानी उपाधि जितेका हुन्।
गएराति सम्पन्न युएस ओपनको फाइनलमा ड्यानिल मेदभेवलाई पराजित गर्दै जोकोभिचले कीर्तिमानी उपाधि जितेका हुन्।
३६ वर्षीय सर्वियन जोकोभिचले ६–३, ७–६, ७–५ र ६–३ को सोझो सेटमा पराजित गर्दै उपाधि उचालेका हुन्।
केही कठिन भएको दोस्रो सेटमा जोकोभिच शारीरिक रुपमा समस्यामा परेका थिए।
२४ औं ग्राण्डस्लाम जितेपछि जोकोभिचले भने, ‘यो मेरा लागि साँच्चै संसार हो, म यो खेलमा उच्च स्तरमा प्रतिस्पर्धा गर्ने मेरो बाल्यकालको सपना जसरी बाँचिरहेको छु, जसले मलाई र मेरो परिवारलाई कठिन परिस्थितीमा पनि धेरै दिएको छ।’
27
Shares
प्रतिक्रिया