ad ad

खेल


खेल पत्रकारद्वय बोगटी र सुवेदीलाई सम्मान र पुरस्कार

खेल पत्रकारद्वय बोगटी र सुवेदीलाई सम्मान र पुरस्कार

नेपालखबर
भदौ २७, २०८० बुधबार २०:५७, काठमाडौँ

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)  २८औँ स्थापना दिवसका अवसरमा अग्रज खेल पत्रकार मुकुन्द बोगटी र खेल पत्रकार रमेश सुवेदीले क्रमश: पत्रकारिता सम्मान र अवार्ड प्राप्त गरेका छन्। 

स्थापना दिवसका अवसरमा बुधबार बोगटीलाई एनएसजेएफ पत्रकारिता सम्मान र सुवेदीले सुमन बम्जन युवा पत्रकारिता अवार्ड प्रदान गरिएको हो। 

मञ्चले आफ्नो स्थापना दिवसको अवसरमा २०७१ सालदेखि अग्रज र २०७६ सालदेखि युवा खेल पत्रकारलाई सम्मान गर्दै आएको छ। मञ्चका संस्थापक कोषाध्यक्ष समेत रहेका बोगटीलाई नगद २५ हजार र युवा पत्रकार सुवेदीलाई एउटा ल्यापटपसहित दोसल्ला ओडाएर सम्मान गरेको हो।

सम्मानित बोगटीले अग्रजको योगदान स्मरण गर्दै मञ्चले गरेको सम्मानप्रति आभार प्रकट गरे। बोगटीले २८ वर्ष अगाडि खेलकुद पत्रकार मञ्चको स्थापना गरिएको स्मरण गर्दै अहिले मञ्चको वृद्धि विकासप्रति पनि खुसी व्यक्त गरे।

सुमन बम्जन युवा पत्रकारिता अवार्डबाट सम्मानित सुवेदीले फुटबलको समर्थकका रुपमा खेलकुदमा प्रवेश गर्दै मञ्चकै प्रोत्साहनबाट खेल पत्रकारिता सुरु गरेको उल्लेख गर्दै यो अवार्ड लिन योग्य बनाएकोमा मञ्च परिवारलाई धन्यवाद दिए।

मञ्चले आफ्नो स्थापना दिवसका अवसरमा मंगलबार आन्तरिक फुटसल प्रतियोगिता पनि आयोजना गरेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .