ad ad

खेल


एसिया कप : श्रीलंकाविरुद्ध ब्याटिङ गर्दै पाकिस्तान

एसिया कप : श्रीलंकाविरुद्ध ब्याटिङ गर्दै पाकिस्तान

नेपालखबर
भदौ २८, २०८० बिहिबार १७:५३, काठमाडौँ

एसिया कप अन्तर्गत सुपर फोरको खेलमा पाकिस्तानले श्रीलंकाविरुद्ध टस जितेर ब्याटिङ गरिरहेको छ। कोलोम्बोमा वर्षाका कारण ढिलोगरी सुरु भएको खेल ४५ ओभरमा छोट्टाइएको छ। 

९ ओभरको पावर प्ले हुने खेलमा दुवै टोलीले ४५ ओभर मात्र खेल्नेछन्। 

आजको खेलको विजेताले फाइनलमा स्थान बनाउनेछ। तर वर्षाका कारण खेल रद्द भए नेट रनरेटको आधारमा श्रीलंका फाइनलमा पुग्नेछ। 

श्रीलंका र पाकिस्तानको समान २ अंक भएपनि नेट रनरेटमा श्रीलंका दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छ। श्रीलंकाको नेट रनरेट माइनस शुन्य दशमलव २०० छ। पाकिस्तानको भने माइनस १ दशमलव ८९२ छ।  

सुपर फोरमा श्रीलंकाले बंगलादेशलाई २१ रनले हराउँदा भारतसँग ४१ रनले पराजित भएको थियो। 

पाकिस्तानले भने बंगलादेशलाई ७ विकेटले पाखा लगाउँदा भारतसँग २ सय २८ रनको फराकिलो अन्तरले पराजित भएको थियो। 

सुपर फोरको दुइ खेलमा जित निकालेको भारत भने ४ अंकमा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगिसकेको छ। आजको खेलको विजेताले फाइनलमा भारतको सामना गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .