एसीसी यू–१९ प्रिमियर कपका लागि २४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार प्रिमियर कप खेल्ने टोलीको घोषणा गरेको हो। १६ टोली सहभागी हुने प्रिमियर कपको शीर्ष तीनमा रहने टोलीले आगामी डिसेम्बरमा हुने यू–१९ एसिया कपमा स्थान बनाउनेछ।
नेपाल रहेको समूह ‘ए’ मा बहराइन, साउदी अरेबिया र इरान छन्। समूह ‘बी’ मा यूएई, ओमान, कतार र चीन तथा समूह ‘सी’ मा सिंगापुर, कुवेत, थाईल्यान्ड र मालदिभ्स छन्। समूह ‘डी’ मा हङकङ, मलेसिया, जापान र इन्डोनेसिया छन्। प्रिमियर कप अक्टोबर १२ देखी २४ सम्म मलेसियामा हुनेछ।
२४ सदस्यीय टोली
आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दीपक ड्रुमे, दीपेक कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल, सुवास भण्डारी, विशाल केसी, मिलन बोहरा, प्रज्वल थापा, तुलबहादुर थापा, निर्मल गुरुङ, राजेश यादव, विपिन रावल, युनिस सिंह ठकुरी, अशोक पौडेल, अभिषेक तिवारी, नरेन भट्ट र निरज यादव।
Shares
प्रतिक्रिया