चीनको हाङझाउमा हुने एसियन गेम्सका लागि नेपाली राष्ट्रिय पुरुष भलिबल टोली शनिबार त्यसतर्फ प्रस्थान गरेको छ।
ओपन स्पाइकर मान बहादुर श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोली आज हाङझाउ गएको हो।
एशियाडमा नेपाल इरान र बहराइन रहेको समुह बी मा छ। नेपालले समुह चरणको पहिलो खेलमा बहराइनसँग मंगलबार चाइना टेक्सटाइल सिटी स्पोर्टस सेन्टर जिम्रेसियममा खेल्नेछ।
खेल दिउँसो सवा १२ बजेपछि सुरु हुनेछ।
समूह चरणको अन्तिम खेलमा बुधबार इरानसँग खेल्नेछ। खेल सोही स्टेडियममा हुनेछ।
समुहको शीर्ष २ मा रहने टोलीले अघिल्लो चरणमा स्थान बनाउनेछ।
36
Shares
प्रतिक्रिया