ad ad

खेल


एसिया कप फाइनल : श्रीलंकाको खराब प्रदर्शन, २० रन नपुग्दै गुमायो छैठौं विकेट

एसिया कप फाइनल : श्रीलंकाको खराब प्रदर्शन, २० रन नपुग्दै गुमायो छैठौं विकेट

नेपालखबर
भदौ ३१, २०८० आइतबार १६:४१, काठमाडौँ

एसिया कपको फाइनलमा भारतविरुद्ध ब्याटिङ गरिरहेको श्रीलंकाले छैठौं विकेट गुमाएको छ।

टस जितेर पहिले ब्याटिङ गरिरहेको श्रीलंकाले सातौं ओभरको खेल सकिँदा ६ विकेट गुमाएर १७ रन मात्र जोडेको छ। 

चौथो ओभरको पहिलो, तेस्रो, चौथो र छैठौं बलमा लगातार श्रीलंकाले महत्वपूर्ण ४ विकेट गुमाएको छ। त्यस्तै, दशुन सनाका ५ औं ओभरको चौथो बलमा आउट भए।

भारतका मोहम्मद सिराजले श्रीलंकाका मध्यक्रमका ब्याट्सम्यानको ब्याटिङ लय ध्वस्त बनाएका हुन्। उनैले चौथो ओभरमा ४ विकेट हात पारे।

श्रीलंकाका कुसल परेरा, सदीरा सम्रविकर्मा, धनन्जय शिल्भा, चरिथ आशालं,का एकै ओभरमा लगातार आउट भएका हुन्।

उनलाई पनि सिरालेनै आउट गरेका हुन्।

श्रीलंकाका ४ जना ब्याट्सम्यान क्याचआउट हुन पुगे। त्यसअघि पाथुम आशंका पहिलो ओभरमै पवेलियन फर्केका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .