चीनको हाङझाउमा सुरु १९ औं एशियन गेम्स अन्तर्गत पुरुष भलिबलमा नेपाली राष्ट्रिय पुरुष टोलीले पहिलो हार ब्यहोरेको छ।
चाइना टेक्सटाइल सिटी स्पोर्टस सेन्टर जिम्रेसियममा मंगलबार भएको खेलमा नेपाल बहराईनसँग ३–१ को सेटमा पराजित भयो।
पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको नेपालले त्यसपछिका तिन सेट लगातार गुमायो। दोस्रो सेट २५–२० ले तथा तेस्रो सेट २५–१८ ले गुमायो। चौथो तथा अन्तिम सेट २५–१५ ले गुमाउँदा नेपालले पहिलो हार व्यहोरेको हो।
समूह चरणको अन्तिम खेलमा बुधबार इरानसँग खेल्नेछ। खेल सोही स्टेडियममा हुनेछ।
63
Shares
प्रतिक्रिया