ad ad

खेल


एसियन गेम्स : पुरुष भलिबलमा आज नेपाल र इरानबीच प्रतिस्पर्धा

एसियन गेम्स : पुरुष भलिबलमा आज नेपाल र इरानबीच प्रतिस्पर्धा

नेपालखबर
असोज ३, २०८० बुधबार ६:२०, काठमाडौँ

नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीले चीनको हाङझाउमा जारी १९ औं एशियन गेम्स अन्तर्गत बुधबार एसियाली पावर हाउस इरानसँग खेल्दैछ। 

चाइना टेक्सटाइल सिटी स्पोर्टस सेन्टर जिम्रेसियममा हुने खेल दिउँसो साढे १२ बजेपछि सुरु हुनेछ।
 
इरान विश्व वरियताको दशौं तथा एसियाली वरियताको दोस्रो स्थानमा छ। 

समूह चरणको पहिलो खेलमा हार व्यहोरेको नेपाली टोली आजको खेलमा पनि पराजित भए समूह चरणबाटै बाहिरनेछ। 

मंगलबार भएको समू ‘बी’ को पहिलो खेलमा नेपाल बहराईनसँग ३–१ को सेटमा पराजित भएको थियो। 

पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको नेपालले त्यसपछिका तिन सेट लगातार गुमाउँदा हार भोग्न बाध्य भयो। 

नेपालले दोस्रो सेट २५–२०, तेस्रो सेट २५–१८ तथा चौथो तथा अन्तिम सेट २५–१५ ले गुमाउँदा नेपालले पहिलो हार व्यहोरेको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .