ad ad

खेल


महिला फुटबलमा भियतनामसँग नेपाल पराजित

महिला फुटबलमा भियतनामसँग नेपाल पराजित

नेपालखबर
असोज ५, २०८० शुक्रबार १६:५, काठमाडौँ

१९ औं एसियाली खेलकुद अन्तर्गत महिला फुटबलमा नेपाल भियतनामसँग पराजित भएको छ। 

वानझाउ ओलम्पिक स्पोर्टस् सेन्टर स्टेडियममा शुक्रबार भएको समूह चरणको पहिलो खेलमा नेपाल भियतनामसँग २(० गोल अन्तरले पराजित भएको हो। 

खेलको पहिलो हाफमा भियतनामलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा गोल खान पुग्यो। 

खेलको ५३ औं मिनेटमा फाम हाइ ऐनको गोलमा भियतनामले सुरुवाती अग्रता बनएको थियो। ६३ औं मिनेटमा नियुयन थि बिचले अग्रता दोब्बर पारिन्।

नेपाली टोलीले पहिलो पटक एसियाडमा सहभागिता जनाएको हो। 

समूह चरणको दोस्रो खेलमा नेपाल जापानसँग सोमबार खेल्नेछ। समूह चरणको अन्तिम खेलमा ११ गते बिहीबार  बंगलादेशसँग खेल्ने तालिका छर 

समूह चरणमा नेपाल, भियतनाम र जापानसँगै बंगलादेश रहेको कठिन समूहमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .