ad ad

खेल


एसियाली खेलकुद : टेनिसमा प्रदीपको विजय सुरुआत

एसियाली खेलकुद : टेनिसमा प्रदीपको विजय सुरुआत

नेपालखबर
असोज ७, २०८० आइतबार १८:२८, काठमाडौँ

चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदको टेनिसमा नेपालका प्रदीप खड्काले पुरुष सिंगल्समा विजय सुरुआत गरेका छन्। 

हाङझाउ ओलम्पिक स्पोट्स सेन्टर टेनिसमा प्रदीपले लिस्टे टिमोरका मेन्डेस एन्टेनियोलाई ६–० र ६–० को सोझो सेटमा पराजित गरे। जितसंगै प्रदीप अन्तिम ३२ मा प्रवेश गरेका छन्। 

उनले दोस्रो चरणमा सोमबार जापानका खेलाडीसँग स्पर्धा गर्नेछन्। 

आजै भएको महिला सिंगल्स तथा  पुरुष डबल्स नेपाली खेलाडीले हार भोगेका छन्। 

महिला सिंगल्समा अभिलाषा विष्ट र माहिका राणाले पहिलो चरणमा वाइ पाएका थिए। दोश्रो चरणमा अभिलाषा थाइल्यान्डकी खेलाडीसंग सोझो सेटमा ६–० र ६–० को पराजित भइन्।

माहिका भने दक्षिण कोरियाली खेलाडीसंग ०–६ र १–६ ले पछि परिन्। 

पुरुष डबल्समा प्रदीप र अभिषेक बाँस्तोलाको जोडी भारतीय खेलाडीसँग ६–२ र ६–३ ले हार भोगे। 

सोमबार प्रदीपसंगै अभिषेकले पुरुष सिंगल्स तथा अभिलाषा र माहिकाले महिला डबल्समा खेल्ने छन्। 

भोलि नै अभिलाषा र अभिषेक तथा प्रणव खनाल र सुनिरा थापाको जोडीले मिक्स डबल्समा प्रतिस्पर्धा गर्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .