१९ औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका संगीता सुनार र दीपक श्रेष्ठले हार भोगेका छन्।
आइतबार हाङझाउ जिम्नेजियममा भएको खेलमा संगीता भियतनामकी खेलाडी लिन्हसँग अंकको आधारमा पराजित भइन्। महिला ६० केजी तौल समूहअन्तर्गत राउन्ड अफ ३२ मा सुनारले भियतनामकी हा थि लिन्हले ५–० अंक ले पराजित गरेकी हुन्।
पुरुषतर्फको ८० केजी तौल समूहमा दिपक श्रेष्ठ उज्वेकिस्तानका टुराबेक खबिबुल्लएइभसँग ५–० अंककै आधारमा पराजित भए।
राउन्ड अफ ३२ को भिडन्तमा दीपकलाई टुराबेकले युनानिमोस डिसिजन को आधारमा पराजित गरेका हुन्।
69
Shares
प्रतिक्रिया