साफ यू १९ च्याम्पियनसिपमा मालदिभ्सविरुद्ध नेपालले सुरुवाती अग्रता बनाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार जारी खेलको पहिलो हाफ जारी रहँदा नेपालले १–० ले अग्रता बनाएको हो।
१७ औं मिनेटमा प्रशान्त लक्सनको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको छ।
खेलको छैटौँ मिनेटमा निराजन धामीको प्रहार पहिलो बारको नजिकबाट बाहिरियो। त्यसको दुई मिनेट पछि निराजनकै प्रहार क्रसबारको थौरैमाथिबाट बाहिरियो।
सेमिफाइनलमा पुग्नका लागि नेपाललाई आज स्पष्ट जितको आवश्यक छ।
93
Shares
प्रतिक्रिया