साफ यू १९ च्याम्पियनसिप अन्तर्गत नेपालविरुद्ध मालदिभ्सले गोल फर्काएको छ।
खेलको ५८ औं मिनेटमा अदाम लयाम रसिदले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएका छन्।
पहिलो हाफमा २–० ले पछि परेको मालदिभ्सले दोस्रो हाफ जारी रहँदा १ गोल फर्काएको छ।
पहिलो हाफमा नेपाल र मालदिभ्स दुवै १० खेलाडीमा खेलिरहेका छन्।
सेमिफाइनलमा पुग्नका लागि नेपाललाई आजको खेलमा स्पष्ट जितको आवश्यक छ। मालदिभ्सलाई भने बराबरी नै पर्याप्त हुनेछ।
72
Shares
प्रतिक्रिया