नेपाल क्रिकेट संघले प्रत्येक प्रदेशहरूमा १/१ वटा खेल मैदानमा पिच निर्माण गरी प्राविधिक जनशक्ति र आवश्यक खेल मैदान सामाग्रीको व्यवस्था गर्ने निर्णय गरेको छ। मंगलबार बसेको क्यानको बैठकले यो लगायत अन्य १० निर्णय गरेको सचिव पारस खड्काले जानकारी दिएका छन्।
खड्काले जारी गरेको विज्ञप्तिमा आग मार्च–अप्रिल २०२४ मा नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गर्ने गरी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।
प्रत्येक प्रदेशमा प्रादेशिक क्रिकेट संघले पुर्व खेलाडी, क्रिकेटसँग सम्बन्धित व्यक्तिहरु मध्येबाट १ जना स्वयंसेवक प्रोभेन्सियल डेभलपमेन्ट अफिसर नियुक्तिका लागि यस संघमा सिफारीस गरी पठाउने निर्णय पनि भएको छ।
त्यस्तै, प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता यस वर्ष ७ प्रदेश र ३ विभागीय टिमहरू गरी १० टिमबीच राउण्ड रोविन लिगको आधारमा संचालन गर्ने निर्णय भएको बताइएको छ।
त्यस्तै, सेमिफाइनल दुई दिवसीय लिग र फाइनल तीन दिवसीय ढाँचामा सञ्चालन गर्ने निर्णय भएको खड्काले बताएका छन्।
यस्ता छन् निर्णयहरूः
Shares
प्रतिक्रिया