त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ यू–१९ च्याम्पियनसिपको उपाधि भिडन्तको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।
भारत र पाकिस्तानबीच भएको फाइनल खेलको पहिलो हाफमा दुवै टोलीले गोल हान्न सकेनन्।
दुवै टोलीले सेमिफाइनलमा ट्राईबेकरमा जित निकाल्दै फाइनल पुगेका थिए। भारतले नेपाललाई हराउँदै फाइनमा स्थान पक्का बनाएको थियो भने पाकिस्तानले भुटानलाई हराएको थियो।
पाकिस्तानको यो उमेर समूहमा पहिलो सहभागिता हो भने भारतले यसअघिका दुई उपाधि हात पारिसकेको छ।
30
Shares
प्रतिक्रिया