लामो समयपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका अभिनाश बोहोराले ६ विकेट लिँदै कीर्तिमान बनाएका छन्।
चीनको हाङचाओमा जारी १९औँ खेलकुदअन्तर्गत आज मालदिभ्सविरुद्धको खेलमा १३८ रनको फराकिलो जित निकाल्दा अभिनाश नायक बने।
अभिनाशले ३.४ ओभरमा ११ रन खर्चेर सर्वाधिक ६ विकेट लिएका हुन्।
योसँगै उनी टी–२० आईमा ६ विकेट लिने पहिलो नेपाली बलर बनेका छन्।
अन्तर्राष्ट्रिय करिअरमा उनले पहिलोपटक ६ विकेट लिएका हुन्।
यसअघि सन्दीप लामिछाने र करण केसीले समान ५/५ विकेट लिएका थिए।
192
Shares
प्रतिक्रिया