तीव्र गतिका बलर सोमपाल कामीले भारतविरुद्ध नेपाललाई दोस्रो सफलता दिलाएका छन्।
तेस्रो नम्बरमा ब्याटिङमा आएका तिलक बमलाई २ रनमा बोल्ड आउट गर्दै सोमपालले नेपाललाई दोस्रो सफलता दिलाएका हुन्।
त्यसअघि अलराउन्डर दीपेन्द्रसिंह ऐरीले नेपाललाई पहिलो सफलता दिलाएका थिए।
विकेटका लागि संर्घष गरिरहेको नेपालका लागि ऐरीले दसाैँ ओभरको अन्तिम बलमा ओपनर तथा कप्तान ऋतुराज गायकवाडलाई २५ रनमा कप्तान रोहित पौडेलको हातबाट क्याच आउट गराए।
झेझियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भारतले टस जितेर ब्याटिङ गरेको भारतले १२ ओभरको समाप्तिमा २ विकेट गुमाएर १ सय १२ रन बनाएर खेलिरहेको छ।
75
Shares
प्रतिक्रिया