घरेलु मैदानमा जारी टी- २० आई त्रिकोणात्मक सिरिजमा आज (सोमबार) नेपाल र यूएई भिड्दैछन्।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने खेल बिहान ११ बजेदेखि सुरु हुनेछ।
यसअघि सिरिजका तीनै खेलमा अपराजित रहेको नेपाल सोही लयलाई कायम राख्न चाहन्छ।
सिरिजको पहिलो खेलमा नेपालसँग ७ विकेटले पराजित भएको यूएई जितको खोजीम मैदान उत्रनेछ।
सिरिजमा अपराजित नेपाल फाइनलमा पुगिसकेको छ। उता यूएई भने नेपाललाई हराउँदै फाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ।
नेपालले ३ खेलबाट ६ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ।
एक खेलमा जित र एक खेलमा हार भोगेको यूएई भने ३ अंकमा दोस्रो स्थानमा छ।
सिरिजका तिन खेलमा पराजित हङकङ भने अंक विहिन रुपमा तालिकाको पुछारमा छ।
डबल राउण्ड रोविनको सिरिजमा नेपालले हङकङलाई ६ विकेट र ७९ रनले हराएको थियो।
यूएईले भने हङकङलाई ६ विकेटले हराउँदै सिरिजमा पहिलो जितको स्वाद लिन पाएको थियो।
Shares
प्रतिक्रिया