विश्वकप क्रिकेटको २१औं खेलमा भारतले न्युजिल्यान्डलाई ४ विकेटले हराएको छ।
टिम इन्डियाले २० वर्षपछि एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डलाई जितेको हो।
आइतबार भएको प्रतिस्पर्धामा न्युजिल्यान्डले पहिले ब्याटिङ गर्दै २७३ रन बनाएको थियो। डेरिल मिचेलले १३० रनको इनिङ खेले।
भारतका लागि मोहम्मद शामीले ५ र कुलदीप यादवले २ विकेट लिए । २७४ रनको लक्ष्य भारतीय टोलीले ४८ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो।
यसअघि सन् २००३ मा सेन्चुरियनमा भारतले नेदरल्यान्ड्सलाई ७ विकेटले हराएको थियो।
हिजोको जितसँगै टीम इन्डिया १० अंकसहित अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ।
योसँगै भारतको शीर्ष ४ मा पुग्ने सम्भावना बलियो भएको छ। यसका लागि टोलीले अब ४ खेलमध्ये २ खेल मात्र जित्नुपर्नेछ।
171
Shares
प्रतिक्रिया