भारतका पूर्वक्रिकेटर बिशन सिंह बेदीको ७७ वर्षको उमेरमा निधन भएको छ।
उनी बायाँ हाते स्पिन बलर थिए। बिशन सिंह बेदीले सन् १९६६ देखि १९७९ सम्म टेस्ट क्रिकेट खेलेका थिए।
उनले भारतीय क्रिकेट टिमको कप्तानीसमेत गरेका थिए।
आफ्नो टेस्ट क्रिकेट करियरमा बेदीले ६७ खेलमा २६६ विकेट लिएका थिए।
बिशन सिंह बेदीको जन्म २५ सेप्टेम्बर १९४६ मा अमृतसरमा भएको थियो।
भारतका केन्द्रीय मन्त्री अनुराग ठाकुरले बिशन सिंह बेदीको निधनलाई क्रिकेटका लागि ठूलो क्षति भएको बताएका छन्।
उनले भने, ‘भारतीय क्रिकेट टोलीका पूर्वकप्तान र एक बलर, जसलाई देशले सधैँ सम्झिरहनेछ। बिशन सिंह बेदीजी अब हामी माझ रहनुभएन। यो निकै दुःखद खबर हो। यो क्रिकेट जगत्का लागि ठूलो क्षति हो।’
हेर्नुहोस् भिडिओ–
#WATCH | Union Sports Minister Anurag Thakur says "Former captain of Indian Cricket team, Bishan Singh Bedi is no more. This is a huge loss for cricket..." pic.twitter.com/saBGd878G0
— ANI (@ANI) October 23, 2023
Shares
प्रतिक्रिया