आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत सिंगापुरविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ।
पहिलो ओभरको दोस्रो बलमा नै करण केसीले ओपनर आत्रिया दत्तालाई बोल्ड आउट गरे।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेपछि पहिले बलिङ गरेको नेपालले पहिलो ओभरमा नै विकेट लिएको हो।
नेपाली टोलीमा त्रिकोणात्मक सिरिज खेल्ने टोलीबाट एक खेलाडी परिवर्तन भएको छ।
एसिया क्षेत्र छनोटमा छस्पिनर सन्दीप लामिछाने टोलीमा फर्किदा ललित राजवंशी बेन्चमा छन्।
उपाधिको दाबेदार मानिएको नेपाल सिंगापुरलाई हराउँदै टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सुरुआत गर्न चाहन्छ।
पहिलो ओभरको समाप्तीमा सिंगापुरले एक विकेटको क्षतिमा ११ रन बनाएर खेलिरहेको छ।
60
Shares
प्रतिक्रिया