अलराउन्डर करण केसीले पनि जारी आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलअन्तर्गत सिंगापुरविरुद्ध दुई विकेट लिएका छन्।
सिंगापुरलाई रोक्न नेपालका लागि करण केसी, सन्दीप लामिछाने र गुलसन झाले समान दुई विकेट लिए।
करणले १७औं ओभरको तेस्रो बलमा मनप्रित सिंहलाई २४ रन बनाउँदा कप्तान रोहित पौडेलको हातबाट क्याच आउट गराए।
सिंगापुरका लागि ओपनर रोहन रगांराजनले सर्वाधिक ४६ रन बनाए। ३० बलको सामना गरेका रोहनले ९ चौका र १ छक्का हाने। लामो सट खेल्ने धुनमा रहेका रोहन आठौं ओभरको पहिलो बलमा गुलसन झाको बलमा सन्दीप जोराको हातबाट क्याच आउट भए।
सोही ओभरको पाचौं बलमा गुलसनले अर्मात्या कउललाई शून्य रनमा क्याच आउट गरे।
सन्दीप लामिछानेले सातौँ ओभरको अन्तिम बलमा सुरेन्द्र चन्द मोहनलाई ६ रन बनाउँदा पवेलियनको बाटो देखाए। सन्दीपले ११औं ओभरको पहिलो बलमा जनक प्रकाशलाई एलबीडब्लू धरापमा पारे।
नेपालका लागि करण केसीले पहिलो ओभरको दोस्रो बलमै ओपनर तथा कप्तान आत्रिया दत्तालाई शून्य रनमै पवेलियनको बाटो देखाए।
Shares
प्रतिक्रिया