आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत सिंगापुरविरुद्ध नेपालको पहिलो विकेत पतन भएको छ।
ओपनर आशिफ शेख २७ रनमा आउट भए। सिंगापुरले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले १० औं ओभरको खेल जारी रहँदा १ विकेट गुमाएर ८४ रन बनाएको छ।
पहिलो विकेटका लागि आशिफ र कुशलले ८४ रनको साझेदारी गर्दै नेपाललाई आक्रामक सुरुवात दिलाएका छन्। कुशल ५४ रनमा नटआउट छन्।
48
Shares
प्रतिक्रिया