ad ad

खेल


सन् २०३४ को फिफा विश्वकप साउदी अरेबियामा हुने

सन् २०३४ को फिफा विश्वकप साउदी अरेबियामा हुने

नेपालखबर
कात्तिक १५, २०८० बुधबार १२:२३, काठमाडौँ

सन् २०३४ को फिफा विश्वकप साउदी अरेबियामा हुने भएको छ। 

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०३४ को विश्वकप साउदीमा हुने पक्का गरेको हो। 

विश्वकप आयोजनाका लागि साउदी अरेवियन फुटबल फेडेरेसनले मात्र दावी प्रस्तुत गरेपछि साउदीमा विश्वकप हुने पक्का भएको हो। 

यसअघि अस्ट्रेलियाले पनि विश्वकप आयोजनाका लागि दावी प्रस्तुत गर्ने भनिए पनि अन्तिम समयमा दावी पेश नगरेपछि साउदीमा नै विश्वकप आयोजना हुने भएको हो। 

सन् २०२६ को विश्वकप भने क्यानाडा, अमेरिका र मेक्सिकोमा हुँदैछ। 

सन् २०३० को विश्वकप मोरक्को, पोर्चुगल र स्पेनमा हुनेछ। विश्वकपको सुरुआत भएको १ सय वर्ष मनाउनका लागि उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा एक–एक खेल आयोजना गरिने फिफाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .