आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलको सेमिफाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमै खेल्नको लागि ओमानलाई हराउनु पर्ने बाध्यता नेपाललाई छ।
समूह ‘ए’ बाट घरेलु टोली नेपाल र ओमान एक खेल अगावै अन्तिम चारमा पुगिसकेका छन्।
नेपाल ओमानलाई हराउँदै सेमिफाइनल पुगेको अवस्थामा टियु मैदानमा नै खेल्न पाउनेछ।
यदी समूह ‘बी’ को उपविजेताको रुपमा नेपाल सेमिफाइनलमा पुगे नेपालले मुलपानी मैदानमा खेल्नुपर्नेछ।
सेमिफाइनलमा समूह ‘ए’ र ‘बी’ को विजेता टोलीले समूह चरणमा खेलेको मैदानमा नै खेल्न पाउनेछन्।
समूह ‘बी’ को विजेताले मुलपानी र ‘ए’ को विजेताले टियु मैदानमा नै खेल्नेछन्।
समूह ‘ए’ मा ओमान ४ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानमा नेपाल छ। समान २ खेलबाट ४ अंक भएपनि नेट रनरेटमा पछि पर्दै नेपाल दोस्रोमा छ।
समूह ‘बी’ मा भने चारै टोलीको सेमिफाइनल सम्भावना जिवितै छ। छनोटको सेमिफाइनलका खेलहरु शुक्रबार हुनेछ।
फाइनल खेल आइतबार दिउँसो ११ बजे टियु मैदानमा हुनेछ। फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछन्।
Shares
प्रतिक्रिया