अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत यूएईविरुद्धको सेमिफाइनल खेल्ने भएका छन्।
नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ। यूएईविरुद्ध दीपेन्द्रले स्थान बनाउँदा सन्दीप जोरा भने बाहिरिएका छन्।
यसअघि छनोटको पहिलो खेलमा सिंगापुरसँगको खेलअघि अभ्यासका क्रममा बायाँ खुट्टामा ट्विस्ट भएपछि घुँडामा चोट लागेको थियो।
जसका कारण उनले यसअघि करिब डेढ महिना मैदान बाहिर रहने बताए पनि सेमिफाइनल खेल्न लागेका हुन्।
समूह चरणअन्तर्गत ओमानविरुद्धको खेलअघि दीपेन्द्र अभ्यासमा जुटेका थिए।
चोटकै कारण दीपेन्द्रले समूह चरणका सबै खेल गुमाएका थिए।
114
Shares
प्रतिक्रिया