टी-२० विश्वकप छनौटको निर्णायक खेलमा नेपालका ओपनर आशिफ शेखले अर्धशतक पूरा गरेका छन्।
माथिल्लो मूलपानी क्रकेट मैदानमा यूएईविरुद्धको निर्णायक खेलमा आशिफले ३९ बलमा अर्धशतक पूरा गरेका हुन्।
आशिफले ६ चाैका र १ छक्का प्रहार गर्दै नेपाललाई जिततर्फ अघि बढाएका छन्।
१४ ओभरको खेल सकिँदा नेपालले मात्रै २ विकेटको क्षतिमा ९६ रन जोडेको छ।
नेपाललाई अब जितका लागि ६ ओभरमा ३९ रन आवश्यक छ।
नेपालका लागि कुशल भुर्तेलले ८ बलमा ११ रन जोडे भने गुलशन झा २४ बलमा २२ रन जोड्दै पवेलियन फर्किए।
अहिले क्रिजमा कप्तान रोहित पाैडेल र आशिफ छन्।
रोहितले १० बलमा १२ रन जोडेका छन्।
57
Shares
प्रतिक्रिया