अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभा अन्तर्गत एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्ध अविश्वासको प्रस्तावमा मतदान सुरु भएको छ ।
गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्तीको माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए।
साधारणसभामा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको बर्खास्तीको एक मात्र एजेन्डामा मतदानको तयारी छ। नेम्वाङमाथिको अविश्वास प्रस्तावमाथि गोप्य मतदान हुन लागेको हो।
बर्खास्तीको पक्षमा दुई तिहाई पुगेमा अध्यक्ष नेम्वाङ पदमुक्त हुनेछन्।
42
Shares
प्रतिक्रिया