काठमाडौं, चितवन र मोरङका तीनवटा क्रिकेट रंगशाला राष्ट्रिय गौरवको आयोजनामा समावेश भएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले काठमाडौंको मूलपानी, चितवनको भरतपुरस्थित गौतमबुद्ध र मोरङको विराटनगरस्थित क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने निर्णय गरेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यी तीनै रंगशालालाई राष्ट्रिय गौरवका रुपमा घोषणा गरेर निर्माणलाई तीव्र पार्ने निर्णय भएको बताइन्।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेटरहरूलाई पुरस्कार तथा सम्मानका क्रममा केही क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवका रुपमा अघि बढाउन लागेको बताएका थिए।
150
Shares
प्रतिक्रिया