घरेलु मैदानमा सुरू भएको यू-१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत अहिले नेपालले पाकिस्तानविरुद्ध खेलिरहेको छ।
दशरथ रंगशालामा भइरहेको खेलमा अहिलेसम्म दुवै टोलीबाट गोल हुन सकेको छैन। अहिलेसम्म पहिलो हाफको ४० मिनेट सक्किएको छ।
टोलीका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले गोलरक्षक जियारत शेखको कप्तानीमा सुरुवाती ११ सार्वजनिक गरेका थिए।
यसअघि बिहीबार नै भएको पहिलो खेल भारतले बंगलादेशलाई ३–० गोल अन्तरले पराजित गरेको छ।
नेपाली टोली :
जियाद शेख, आयुष तिम्सिना, दीपक थापा मगर, निनसाङ पाराङग्देन, अश्विन घोरासैनी, समीर तामाङ, कुशल देउवा, निराजन धामी, अनिल बम्जम, हरिश राज भट्ट, अविनाश स्याङ्ताङ।
45
Shares
प्रतिक्रिया