ad ad

समाज


बागमती गाउँपालिकाबाट ४ जनालाई हेलिकप्टरबाट उद्धार

बागमती गाउँपालिकाबाट ४ जनालाई हेलिकप्टरबाट उद्धार

नेपालखबर
असोज १४, २०८१ सोमबार १८:२८, काठमाडौँ

ललितपुरको बागमती गाउँपालिका वडा नम्बर ४ बाट तीन जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर पाटन अस्पताल ल्याइएको छ।

असोज ११ र १२ गतेको अविरल वर्षापछि गएको बाढी र पहिरोल बागमती पालिकाभर सडक, विद्युत सम्पर्क विच्छेद छ।

लडेर घाइते भएका काठमाडौँ ज्ञानेश्वरका भुषण अर्याल, बागमती वडा नम्बर ४ का १४ वर्षीय विकल मोक्तानलाई सोमबार बिहान नेपाली सेनाको हेलिकप्टरले सदरमुकाम ल्याएको हो। 

अर्यााल र मोक्तानलाई अहिले पाटन अस्पतालमा राखेर उपचार गरिएको छ। 

अएपेन्डिसाइटिसको गम्भीर बिरामी मोक्तानको आजै अप्रसन गर्नुपर्ने डाक्टरले बताएका छन्।

एपेन्डिसाइटिस भएको पुष्टि भएपछि उनलाई आइतबार नै सदरमुकाम ल्याउन खोजेपछि सडक अवरुद्ध हुँदा रोकिएका थिए।

स्थानीयले बागमती पालिका अध्यक्ष वीरबहादुर लोप्चनलाई तत्काल उद्धार गर्न अनुरोध गरेपछि २४ घण्टापछि मात्र उद्धारमा नेपाली सेनाको हेलिकप्टर गएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .