नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलनराउन्डर सोमपाल कामीले भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहलीसँग अटोग्राफ लिएका छन्।
नेपालका लागि अलराउन्डर प्रदर्शन गरिरहेका सोमपालले सोमबार राति श्रीलंकास्थित एसिया कपको खेल भएको मैदानको ड्रेसिङ रुममा विराटलाई भेटेका हुन्।
सोमपालले जुत्तामा कोहलीको अटोग्राफ लिँदै गरेको र लिएपछिको तस्बिर सामाजिक सञ्जालमा हालेका छन्। जहाँ उनले विराट एक क्रिकेटर मात्रै नभएर भावना भएको बताएका छन्।
‘विराट कोहली क्रिकेटर मात्रै होइनन्, उनी हामीसँग जोडिएका भावना हुन्’,सोमपालले भनेका छन्।
एसिया कप क्रिकेटको सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ।
नेपालका लागि सोमपालले उत्कृष्ट ब्याटिङ गर्दै ५६ बलमा १ चौका र २ छक्का सहित ४८ रन बनाए। नेपालले प्रतिष्पर्धात्मक लक्ष्य दिए पनि बलिङमा भने भारतविरुद्ध पकड बनाउन नसक्दा पराजित भयो।
Shares
प्रतिक्रिया