पूर्व स्पेनिस डिफेन्डर सर्जियो रामोस १८ वर्षपछि आफ्नो बाल्यकालको क्लब सेभिल्लामा प्रवेश गरेका छन्।
सन् २००५ मा सेभिल्ला छाड्दै रियल मड्रिड पुगेका रामोस १६ वर्ष त्यही बिताएका थिए। सन् २०२१ मा रियल मड्रिड छाड्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका थिए। दुई वर्ष पिएसजीमा बिताएमा रामोस पुनः सेभिल्ला पुगेका हुन्।
सेभिल्ला फर्किएपछि रामोसले भने, ‘यो एक धेरै विशेष दिन हो, घर फर्कनु सधैँ एक ठूलो आनन्द हो। म फर्केर आउन पाउँदा खुसी छु र सकेसम्म चाँडो योगदान गर्ने प्रयास गर्नेछु जुन महत्त्वपुर्ण कुरा हो।’
रोमोसले स्पेनमा एक विश्वकप र दुई युरोपेली च्याम्पियनसिप जितेका छन्। राष्ट्रिय टोलीमा १६ वर्ष बिताएका उनले १८० क्याप जिते। रियल मड्रिडबाट चार च्याम्पियन्स लिग ट्रफी जितेका छन्।
सेभिलको बाहिरी भागमा हुर्केका रोमास ७ वर्षको उमेरमा क्लबको एकेडेमीमा सामेल भएका थिए। रोमोसले स्पेनको राजधानीमा १६ सिजन बिताउँदा ६ सय ७१ खेल खेले र २२ ट्रफी जिते। जसमा पाँभ युरोपेली सफलतासँगै पाँच ला लिगा उपाधि पनि छ।
दुई सिजन पिएसजीमा बिताउँदा रामोसले दुई लिग उपाधि पनि जिते।
Shares
प्रतिक्रिया