क्रिकेटर कुशल भुर्तेलले एसिया कपमा पाकिस्तानसँग खेलिसकेपछि भारतसँग खेल्दा सामान्य लागेको बताएका छन्।
इन्स्पायर नोबल फाउण्डेसनले प्रदान गरेको पुरस्कार ग्रहण गरिसकेपछि बोल्दै उनले सो कुरा बताएका हुन्।
भुर्तेलले एशियाकप खेल्नु भन्दा पनि एशिया कपमा क्वालिफायर हुँदा आफूलाई धेरै खुसी लागेको बताए। भारतलाई टिभीमा हेरेर आफूहरुले क्रिकेट सिकेको बताउँदै आफू भारतसँग खेल्न आतुर रहेको पनि बताए।
उनले एशिया कपको अनुभवले आगमी खेलमा राम्रो गर्ने बताए।
फाउण्डेसनले बिहीबार नेपाल खेलकुद पत्रकार मञ्चमा एक कार्यक्रमबीच भारतविरुद्ध छक्का प्रहार गरेका कुशल भुर्तेल र सोमपाल कामीलाई जनही एक लाख रुपैयाँ प्रदान गरेको छ।
93
Shares
प्रतिक्रिया