नेपाली राष्ट्रिय क्रिकेट टोलीका तिव्र गतिका बलर सोमपाल कामीले अर्को पटक भारत र पाकिस्तानविरुद्ध राम्रो खेल खेल्ने बताएका छन्।
इन्स्पायर नोबल फाउण्डेसनले प्रदान गरेको पुरस्कार ग्रहण गरिसकेपछि बोल्दै उनले सो कुरा बताएका हुन्।
कार्यक्रममा बोल्दै कामीले राम्रो अनुभव बटुल्न पाएको पनि बताए।
पाकिस्तानसँगको खेलमा सोचेजस्तो प्रदर्शन हुन नसकेको उनले स्वीकार गरे।
पाकिस्तान र भारतसँग फिल्ड शेयर गर्न पाउँदा खुशी लागेको बताउँदै उनले अर्को पटक खेल्दा राम्रो नतिजा दिने बताए।
फाउण्डेसनले बिहीबार नेपाल खेलकुद पत्रकार मञ्चमा एक कार्यक्रमबीच भारतविरुद्ध छक्का प्रहार गरेका कुशल भुर्तेल र सोमपाल कामीलाई जनही एक लाख रुपैयाँ प्रदान गरेको छ।
18
Shares
प्रतिक्रिया