मंगोलियामा हुने एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटसल टोलीको घोषणा भएको छ।
टोलीका मुख्य प्रशिक्षक गौरब बस्नेतले आइतबार १४ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका हुन्।
छनोटमा सहभागी ३१ टो.लीलाई आठ समुहमा विभाजन गरिएको छ।
छनोट चरणमा नेपाल समुह डी मा रहेको छ। नेपाल रहेको समुहमा आयोजक मंगोलियासहित दक्षिण कोरिया र भियतनाम छन्।
छनोटको पहिलो खेलमा नेपालले असोज २० गते दक्षिण कोरियासँग खेल्नेछ। २२ गते भियतनासँग खेल्ने तालिका छ। समुह चरणको अन्तिम खेलमा २४ गते घरेलु टोली मंगोलियासँग खेल्नेछ।
नेपाली टोली
गोलरक्षक : आशीष पुडासैनी, सागर गुरुङ
फिक्सो : विजय श्रेष्ठ, सरोज तामाङ, सञ्जय स्याङतान
अला : आदिल हमिद, अमित तामाङ, आरुज सिंह, सुमित श्रेष्ठ, उज्वल शाही, रजत तिवारी, दिपेश घले
पिभोट :सुजित बुढाथोकी, मनिकुमार लामा
Shares
प्रतिक्रिया