ad ad

खेल


साम्बा सम्मिलित इजरायली टोली हापोयलले पेटा टिक्भासँग बराबरी खेल्दै अंक बाँड्यो

साम्बा सम्मिलित इजरायली टोली हापोयलले पेटा टिक्भासँग बराबरी खेल्दै अंक बाँड्यो

फाइल फोटो


नेपालखबर
भदौ २९, २०८० शुक्रबार १४:४१, काठमाडौँ

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी साम्बा सम्मिलित हापोयल रानानाले बराबरी गर्दै अंक बाँडेको छ।

गएराति भएको खेलमा साम्बाको टोली रानानाले हापोएल पेटा टिक्भा एफसीसँग बराबरी गर्दै अंक बाँडेको हो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा मात्र गोल भएको थियो।

खेलको ६० औं मिनेटमा साम्बाको गोलमा रानानाले सुरुवाती अग्रता बनाएको थियो। तर खेलको ६५ औं मिनेटमा पेटा टिक्भाले गोल गर्दै खेललाई बराबरीमा ल्यायो।

लिगमा रानानाले पहिलो बराबरी गरेको हो। १ खेलमा जित र १ खेलमा बराबरी गरेको ४ अंकमा चौथो स्थानमा छ।

साम्बाले जारी लिगमा पाँच गोल गरिसकेकी छिन्। युरोपेली लिग खेल्ने साम्बा पहिलो महिला खेलाडी हुन्।

साम्बा अब एशियन गेम्समा सहभागी हुन नेपाल आउनेछिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .