एसिया कपको फाइनलमा भारतविरुद्ध ब्याटिङ गरिरहेको श्रीलंकाले लगातार ५ विकेट गुमाएको छ।
टस जितेर पहिले ब्याटिङ गरिरहेको श्रीलंकाले चौथो ओभरको खेल सकिँदा ५ विकेट गुमाएर १२ रन मात्र जोडेको छ।
चौथो ओभरको पहिलो, तेस्रो, चौथो र छैठौं बलमा लगातार श्रीलंकाले महत्वपूर्ण ४ विकेट गुमाएको छ।
भारतका मोहम्मद सिराजले श्रीलंकाका मध्यक्रमका ब्याट्सम्यानको ब्याटिङ लय ध्वस्त बनाएका हुन्। उनैले चौथो ओभरमा ४ विकेट हात पारे।
श्रीलंकाका कुसल परेरा, सदीरा सम्रविकर्मा, धनन्जय शिल्भा, चरिथ आशालं,का एकै ओभरमा लगातार आउट भएका हुन्।
त्यसअघि पाथुम आशंका पहिलो ओभरमै पवेलियन फर्केका थिए।
120
Shares
प्रतिक्रिया