ad ad

खेल


साफ यू–१९ च्याम्पियनसिपको तयारी पूरा

साफ यू–१९ च्याम्पियनसिपको तयारी पूरा

नेपालखबर
असोज २, २०८० मंगलबार १४:२५, काठमाडौँ

बिहीबारदेखि घरेलु मैदानमा हुने साफ यू–१९ च्याम्पियनसिप २०२३ को तयारी पूरा भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिपको तयारी पूरा भएको जानकारी दिएको हो।

च्याम्पियनसिपका लागि भुटान, भारत, मालदिभ्स र बंगलादेशको टोली आजसम्म नेपाल आइपुग्नेछन्।

पाकिस्तानको टोली बुधबार आइपुग्ने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए।

च्याम्पियनसिपमा सहभागी टोलीले नेपाली सेनाको भद्रकालीस्थित खेल मैदान र च्यासल मैदानमा प्रशिक्षण गर्नेछन्।

च्याम्पियनसिपको मार्केटिङ र टिकेटिङको अधिकार नेपाल स्र्पोट्स सेन्टरलाई १५ लाख रुपैयाँमा बेचेको छ।

खेल हेर्नका लागि साधारण प्यारापिटतर्फ १ सय र भीआइपी प्यारापिटतर्फ ३ सय रुपैयाँ टिकट दर तोकिएको प्रवक्ता शाहले बताए। खेलको टिकट खल्ती एफ र रंगशालामा नै किन्न सकिनेछ।

समूह चरणको पहिलो खेलमा नेपालले बिहिबार पाकिस्तानसँग खेल्नेछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ। सोही दिनको पहिलो खेलमा बंगलादेश र भारत भिड्नेछन्। खेल दिउँसो साढे १ बजे हुनेछ।

समूह चरणको अन्तिम खेलमा नेपालले मालदिभ्ससँग सोमबार दिउँसो साढे १ बजे भिड्नेछ। साफमा नेपाल मालदिभ्स र पाकिस्तान रहेको समूह ए मा छ। समुह बी मा भारत, भुटान र बंगलादेश छन्।

समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .