दशरथ रंगशालामा बिहीबारदेखि सुरू साफ यू-१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भारतले सुखद सुरुवात गरेको छ।
छिमेकी बंगलादेशलाई ३–० गोलअन्तरले हराउँदै भारतले विजयी सुरुवात गरेको हो।
भारतलाई जिताउने क्रममा गुग्मसार गोयारी, नाओबा पंगमबम र अर्जुन सिंह ओइनामले एक-एक गोल गरे।
यस प्रतियोगितामा घरेलु टोली नेपाल, पाकिस्तान, श्रीलंका, भारत, बंगलादेश र माल्दिभ्स सहभागी छन्।
प्रतियोगिताअन्तर्गत नेपाल, पाकिस्तान र माल्दिभ्स समूह 'ए' मा छन्। उता समूह 'बी'मा भारत, बंगलादेश र भुटान छन्।
प्रतियोगिताको दोस्रो खेलमा अहिले साँझ साढे ५ बजेदेखि नेपाल र पाकिस्तान भिडिरहेका छन्।
समूह चरणबाट दुई-दुई शीर्ष टोली सेमिफाइनलमा पुग्नेछन्। यो प्रतियोगिता असोज १३ गतेसम्म हुनेछ।
87
Shares
प्रतिक्रिया